माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २९ करोड बढी, वित्तीय सूचकहरूमा सुधार

-



     सफल आवाज    
     वैशाख १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ वैशख । माछापुच्छ्रे बैंकको वित्तीय विवरणहरुले बैंकको वित्तीय सूचकहरुमा सुधार भएको देखिएकाे छ । चालु वर्षको तेश्रो त्रैमाससम्म आउँदा सार्वजनिक भएको अपरिपक्व वित्तीय विवरणहरुमा वित्तीय सूचकहरुमा सुधार देखिएको हो ।

यस आर्थिक वर्षको चैत मसान्तसम्म बैंकको १ अर्ब २९ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाई भएको देखिएको छ । जो अघिल्लाे वर्षको सोहि अवधिको भन्दा १०.६१ प्रतिशतले बढी हो । बैंकको खुद आम्दानी ४.०९ प्रतिशतले बढ्दा संचालन नाफा ९.२५ प्रतिशतले बृद्धि भएको छ ।

यस वर्षको चैत मसान्तसम्म आउँदा माछापुच्छ्रे बैंकको वितरणयोग्य नाफा ८४ करोड ६९ लाख रहेको छ । खुद नाफामा भएको बृद्धिसंगै शेयर आम्दानी पनि बढेको छ । प्रतिशेयर १ रुपैयाँ ८२ पैसाबाट बढेर १९ रुपैयाँ १ पैसा पुगेको छ ।

यस अवधिमा बैंकको चुक्ता पूँजी ७.०३ प्रतिशतले बढेको देखिएको छ । जगेडा कोष १३.९३ प्रतिशत, निक्षेप २०.५६ प्रतिशत तथा कर्जामा २१.६६ प्रतिशतले बृद्धि भएको छ ।