सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको बढ्यो

-



     सफल आवाज    
     वैशाख १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ वैशाख । साताको तेश्रो दिन मंगलबार आज छापावाला सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा बृद्धि भएको छ ।

छापावाला सुनमा आज रुपैयाँ १०० ले गिरावट आएको छ भने चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ कायम भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीमा प्रतितोला ५ रुपैयाँले बृद्धि भएको छ । आज चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।