गण्डकीमा सत्तापक्षकै सांसदले रोके संसद बैठक

-



     सफल आवाज    
     वैशाख १४ गते २०७८ मा प्रकाशित



पोखरा, १४ वैशाख । गण्डकी प्रदेशसभामा सत्तापक्षकै सांसदको अवरोधका कारण आजका लागि बोलाइएको बैठक रोकिएको छ । नेकपा एमालेका सांसदको अवरोधका कारण २० मिनेटका लागि स्थगित गरिएको संसद अझै संचालन हुन सकेको छैन ।

सत्ता पक्षका सांसदले कोरोना भाइरस (कोभिड–१९) को जोखिम देखाउँदै सबै सांसदहरुले पिसीआर टेष्टको नतिजा ल्याउनुपर्ने माग गरेका छन् । एमालेका सांसद राजीव पहारीले प्रदेशमा अधिकांश सांसद दीर्घरोगी रहेकोले कोरोना महामारीको भयावह हुँदा सांसदहरुको पिसीआर टेष्ट नभइकन संसद संचालन गर्न नहुने माग गरेका थिए ।

कास्कीमा बुधबारदेखि लागू हुने गरी प्रशासनले निषेधाज्ञा लागू गरेको छ । प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ विरुद्ध आइतबारमात्रै अविश्वासको प्रस्ताब टेलुल भएको हो । सो विषयमा छलफल हुने कार्यसूची थियो । अविश्वास प्रस्तावबारे भोलि बुधबार मतदानको कार्यतालिका थियो ।