ह्वातै घट्याे सुनचाँदीको मूल्य, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     वैशाख १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ वैशाख । लगातार सुनको मूल्य ओरालो लागेको छ । साताको चौथो दिन बुधबार आज पनि सुनको मूल्यमा गिरावट आएको छ । आज छापावाला सुनको मूल्य ७०० रुपैयाँले घटेको छ । चाँदीमा १० रुपैयाँले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ कायम भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३१५ रुपैयामा कारोबार भएको थियो ।