
काठमाडौं, १५ वैशाख । ग्लोबल आइएमई बैंकले यस आर्थिक वर्षको तेश्रो त्रैमास सम्ममा ३ अर्ब ५७ करोड ८२ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो वर्षको भन्दा ३२.४० प्रतिशतले बढी हो । गएको वर्ष बैंकले २ अर्ब ७० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ५६ करोड ४५ पुगेको छ ।
बैकको खुद ब्याज आम्दानीमा बृद्धि भएको छ । यो अवधिमा बैंकले ६ अर्ब ८७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष बैंकले ६ अर्ब ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु वर्षमा बैंकको खुद ब्याज १४.४४ प्रतिशतले बृद्धि भएको हो ।
बैंकको संचालन मुनाफा ३२.७५ प्रतिशतले बृद्धि भएको छ अर्थात ५ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । अघिल्लाे वर्ष बैंकको संचालन मुनाफा ३ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । शेयर आम्दानीमा पनि बृद्धि भएको पाईएको छ । चालु वर्षमा प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६ पैसाले बृद्धि भएर २२ रुपैयाँ ५ पैसा भएको छ । अघिल्लो वर्ष प्रतिशेयर आम्दानी १८ रुपैयाँ ९९ पैसा रहेको थियो ।
बैंकको चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म चुक्ता पूँजी २१ अर्ब ६३ करोड भएको छ भने जगेडा कोषमा ७ अर्ब ९२ करोड रहेको छ । कोषमा ३.०६ प्रतिशतले बृद्धि भएको हाे ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



