
काठमाडौं, १५ वैशाख । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म उल्लेख्य मुनाफा कमाएको छ । बैंकले चैतको मसान्तसम्म खुद नाफा गत वर्षको २२ करोड ४४ लाखबाट माथि बढेर ३५ करोड १६ लाख कमाएको हो । यो ५६.६६ प्रतिशतले बृद्धि भएको हो ।
बैंकको वितरणयोग्य मुनाफा २४ करोड २८ लाख भन्दा बढी रहेको छ । संचालन मुनाफा ३२ करोड ३१ लाख बाट बढेर चालु वर्षमा ४७ करोड माथि छ । बैंकको अघिल्लो वर्षकाे भन्दा यस आर्थिक वर्षमा खुद ब्याज आम्दानी पनि बढी गरेको छ । यस पटक ८४ करोड ८९ लाख खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष सोहि समयमा ८२ करोड २३ लाख रुपैया खुद आम्दानी गरेको थियो ।
सांग्रिला बैंकले चालु वर्षमा ४१ अर्ब ९४ करोड बढी निक्षेप संकलन गरेको छ । यस अवधिमा ३५ अर्ब ६ करोड रुपैयाँ भन्दा बढी कर्जा उपलव्ध गराएको छ । गत वर्ष यहि समयमा बैंकले २३ अर्ब ८६ करोड कर्जा उपलव्ध गराएको थियो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



