सिईडिबि हाईड्रोपावरको आइपीओ आजदेखि खुल्ला

-



     सफल आवाज    
     वैशाख १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ वैशाख । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको आजदेखि शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला भएको छ ।

कम्पनीको ८३ करोड ९४ लाख १० हजार रुपैयाँ बराबरको ३० प्रतिशतले हुन आउने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको शेयर सर्वसाधारणका लागि खुल्ला भएको हो । प्रतिकित्ता १०० मूल्य अंकित २५ लाख १८ हजार २३० कित्ता शेयर निष्काशन तथा बिक्रीका लागि खुल्ला गरिएको हो ।

कुल कित्ता शेयरबाट ५० हजार ३६५ कित्ता शेयर कर्मचारीको लागि छुट्याईएको छ । १ लाख २५ हजार ९११ कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याईएको छ भने बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता शेयर सर्वसाधारणको लागि छुट्याईएको हो ।

शेयर लगानीकर्ताहरुले कम्तिमा १० कित्ता तथा बढीमा २५ लाख १८ हजार २३० कित्ता शेयरका लागि आवेदन पेश गर्न सक्ने भएका छन् ।

शेयर लगानी कर्ताहरुले छिटोमा वैशाख २१ गते तथा ढीलोमा वैशाख ३१ गतेसम्म आवेदन दिन सक्ने भएका छन् । सिईडिबि हाईडेरोपावर टेभलपमेन्ट कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गरेको छ ।