
काठमाडौं, १७ वैशाख । सांग्रिला डेभलपमेन्ट बैंकले ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्रीको अनुमति प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डले बैंकले माग गरे बमोजिम उक्त मूल्य बराबरको ऋणपत्र निष्काशन तथा बिक्रीका लागि अनुमति दिएको हो ।
बोर्डबाट सांग्रिला बैंकले १ हजार अंकित मूल्य दरमा ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र बिक्रीको अनुमति पाएको हो । जस्मा ४ लाख ५० हजार कित्ताले हुने ४५ करोड रुपैयाँ बराबरको व्यक्तिगत तथा ३ लाख कित्ताले हुने ३० करोड रुपैयाँ बराबरको ऋणपत्रबाट १५००० कित्ता सामुहिक लगानी कोषका लागि छुट्याईएको छ । र बाँकी सर्वसाधारणका लागि रहेको छ ।
उक्त ऋणपत्रको वार्षिक ब्याजदर ९ प्रतिशत रहेको छ भने अवधि १० वर्षको रहेको छ । यसको नाम सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर ‘२०८७’ रहेको छ । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



