
पोखरा, १८ वैशाख । कोरोनाको उच्च जोखिम कास्की जिल्लामा यतिखेर हजार बढी सक्रिय संक्रमित छन् । गण्डकी प्रदेशका ११ जिल्लामा यसको संख्या १५ सय नाघेको छ । विगत १० दिनयता कास्कीमा कोरोना संक्रमितको ग्राफ बढिरहेको छ । अस्पतालहरुका बेड भरिभराउ हुँदै गएका छन् । तसर्थ सबैले कोभिड–१९ विरुद्ध आवश्यक स्वास्थ्य मापदण्ड अपनाउन जरुरी छ ।
प्रदेश राजधानी पोखरामा दोस्रो लहरको कोरोना संक्रमण दर बढ्दै गएपनि सरकारीस्तरबाट आवश्यक नभएको सर्वसाधारणले गुनासो गर्न थालेका छन् ।
कोरोनाको डेडिकेटेड अस्पताल शिशुवास्थित सरुवा रोग अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा कोरोनाका बिरामीको उपचार जारी छ । सरकारीमा बेडहरु भरिँदा संक्रमितहरु निजी अस्पतालमा चर्को मूल्य तिर्न बाध्य छन् ।
सरुवा रोग अस्पतालका प्रमुख डा. विकास गौचनले हाल ५० जना कोरोनाका बिरामीहरुको उपचार भइरहेको जानकारी दिए । तीमध्ये आधा जसो गम्भीर प्रकृतिका बिरामी छन् ।
५० बेडको क्षमता भएको सरुवा रोग अस्पतालमा हाल आवश्यक मात्रमा कर्मचारी नहुँदा सेवा प्रवाहमा स्वास्थ्यकर्मीलाई निकै कठिन भएको उनले गुनासो गरे ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले सरकारको निर्देशन अनुसार ४० प्रतिशत कोरोनाका बिरामीको लागि सेवा दिनुपर्ने भनेबमोजिम लागिपरेको बताए । उनले थप ३ सय जना कर्मचारीको व्यवस्थापन गर्नको लागि ओपीडी सेवा संचालन गरेको पनि बताए ।
निजी अस्पतालहरुको छाता संस्था (अफिन) गण्डकी अध्यक्ष अशोक पालिखेले कोरोनाविरुद्ध ख्याल नगर्दा कोरोनाको संक्रमणले भयावह रुप लिन सक्ने बताउँछन् ।
गण्डकीमा हालसम्म १८ हजार बढी संक्रमित भइसकेका छन् । तीमध्ये २ सय २४ जनाको मृत्यु भैसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले गण्डकीका निर्देशक डा. विनोदबिन्दु शर्माले बताए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



