
काठमाडौं, १९ वैशाख । कोरोना भाइरसको बढ्दो संक्रमणको कारण बैंक तथा वित्तीय संस्थाहरुमा आजबाट एक चौथाई कर्मचारीहरु राखेर एक चौथाई शाखाहरूबाट सेवा प्रवाह गर्न लागिएको छ ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी को बैठकले निषेधाज्ञा लागू गरिएका काठमाडौं उपत्यका तथा ठूला शहरहरूमा रहेका बैंक तथा वित्तीय संस्थताहरुमा एक चौथाई शाखा र एक चौथाई कर्मचारी राखेर सेवा प्रवाह गर्ने निर्णय गरेअनुसार आजदेखि सोहि निर्णय पालना गर्न लागिएको हो ।
सिमित शाखाहरु खुल्ने र सिमित कर्मचारीबाट सेवा प्रवाह गरिने भएपछि सेवाग्राहीहरुलाई असुविधा हुने देखिन्छ । विषम अवश्थालाई मध्येनजर गर्दै ई बैंकिङलाई उपयोग गरे केहि हदसम्म जोखिमबाट बच्न सकिने भएकोले दैनिक उपभोग्य बस्तुको खरिदका लागि इन्टरनेट बैंकिङ, एटिएमबाट रकम निकाल्न सक्ने छन् ।
कोरोना भाइरसको संक्रमणकालिन यो अवस्थालाई ख्याल गर्दै बैंक तथा वित्तीय संस्थाहरुले सेवा प्रवाह हुने शाखाहरु तथा सम्पर्क व्यत्तिहरु पनि तोकिसकेका छन् । उनीहरुलाई सम्पर्क गरेर जानकारी लिन सकिने भएको छ । यसका बारेमा बैंक तथा वित्तीय संस्थाहरुले सेवा प्रवाहको बारेमा सूचना टाँस गर्ने भएकाेले साेहि अनुसार सेवा लिन सकिने छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



