आईतबार बढ्यो सुनको मूल्य, चाँदीको भने स्थिर

-



     सफल आवाज    
     वैशाख १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ वैशाख । साताको पहिलो दिन आईतबार आज सुनको मूल्य बढेको छ । आज सुन १०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने आज स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ५०० रुपैया कायम भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार पनि चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा नै कारोबार भएको थियो ।