
बुटवल, १९ वैशाख । मुख्यमन्त्रीका लागि एकल बहुमत दाबी गर्दै आएको नेकपा एमालेले अन्ततः बहुमत गुमाएको छ । आफ्ना सांसद विमला वली आइतबार माओवादी केन्द्रमा प्रवेश गरेपछि लुम्बिनी प्रदेशमा अर्को तरंग उत्पन्न भएको छ ।
दाङबाट निर्वाचित एमालेकी सांसद वली आफ्नो पार्टीमा प्रवेश गरेको दाबी नेकपा माओवादी केन्द्रले गरेको छ । लुुम्बिनी प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री तथा माओवादी सांसद सुुदर्शन बरालले वली माओवादी केन्द्रमा प्रवेश गरेको जानकारी दिए । बरालले लुुम्बिनी प्रदेश सभामा एमालेको एकल बहुुमत नरहेको दाबी गरे ।
आइतवार नै राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलले एकल बहुमतको सरकार बनाउने तयारी गरिरहेका बेला घटनाक्रममा नयाँ मोड लिन गएको हो ।
एमालेले आफूहरूसँग ४१ सांसद रहेकाले सरकार बनाउन प्रदेश प्रमुखसमक्ष दाबी पेश गरिसकेको छ । जसपाका ४ सांसद पदमुक्त भएको अवस्थामा लुम्बिनीमा सरकार बनाउन ४१ सांसदको समर्थन आवश्यक पर्छ ।
यदि वली माओवादीमा प्रवेश गरेमा वा उनले एमाले दल त्याग गरेमा एकल बहुमतको सरकार बन्न असम्भव हुनेछ । वलीका श्रीमान् उत्तरकुमार वलीको सडक दुुर्घटनामा परी मृत्युु भएपछि उपचुुनाव भएको थियो ।
मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि रिक्त मुख्यमन्त्रीमा आज नै उनले शपथ लिने तयारी हुँदा संसद अधिवेशन स्थगित गरिएको छ । लुम्बिनीमा ८१ सांसदमध्ये एमालेका पक्षमा अब ४०, नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र) का १८, जसपाका २ र जनामोर्चा नेपालको १ सिट हुनेछ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



