
काठमाडौं, १९ वैशख । साताको पहिलो दिन आज शेयर बजारमा हरियाली छाएको छ । शेयर बजारमा देखिएको हरियाली अर्थात शेयर मूल्यको बढोत्तरीले लगानीकर्ताहरु निकै उत्साहि भएका छन् । यस हप्ताभरिमै आज शेयर बजारको दिन उत्साहको दिन भएको छ । कारोबार पनि सन्तोषजनक रहेको छ ।
आज नेप्से परिसूचक ५४.०० अंकले बृद्धि भएर २६६५.१० विन्दुमा पुगेको छ । आज नेप्से २ प्रतिशतले बृद्धि भएको हो । आज सेन्सेटिभ इण्डेक्स ८.७८ अंकले बृद्धि भएर ४७७.८१ विन्दुमा पुगेको छ ।
आज २२६ कम्पनीहरुको शेयर कारोबार भएको छ । १ करोड ५८ लाख ३२ हजार ४०३ कित्ता शेयरको खरिदबिक्रीबाट ७ अर्ब ३६ करोड ८० लाख ५०० रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका सबै १३ उपसमूहहरुमा हरियाली छाएको छ । सबै उपसमूहरुको शेयर मूल्यमा बृद्धि भएको छ ।
बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंकको शेयर बढेको छ । यस्तै हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माईक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको शेयर बढेको हो ।
कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको कारोबार भएको छ । बैंकको ४२ करोड २४ लाख ३ हजार ९०३ रुपैयाँ बराबरको कारोबार भएको छ ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



