
बुटवल, १९ वैशाख । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त भएका छन् ।
आजै पदबाट राजिनामा दिएका पोखरेलले बहुमत सदस्यहरुको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा पेश गरेका थिए । त्यसपछि प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।
लुम्बिनी प्रदेश प्रमुखकाे कार्यालयद्वारा जारी बिज्ञप्तिको पेटबोलिमा प्रदेश प्रमुख धर्मनाथ यादवले नेपाल कम्युनिष्ट पार्टी एमाले, लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरिएको उल्लेख गरिएको छ । प्रदेश कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलद्वारा जारी बिज्ञप्तिमा यसअघि संसदीय दलका नेता शंकर पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन गर्नका लागि प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षर प्रदेश प्रमुख समक्ष पेश गरेकाे लेखिएको छ ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



