लायन्सको गण्डकी धौलागिरी एरियाको पिभिएसटी स्कुलिङ्ग सम्पन्न

- आगामी वर्षकाे मुख्य कार्यक्रम - लायन्स मोडेल भिलेज

-


     सफल आवाज    
     वैशाख १९ गते २०७८ मा प्रकाशित


पोखरा,१९ बैशाख । लायन्स अन्तराष्ट्रीय डिस्ट्रिक ३२५ वि १ नेपालको गण्डकी धौलागिरी एरियाको भर्चुअल पिभिएसटी स्कुलिङ्ग बैशाख १८ गते शनिबार सम्पन्न भएको छ । कोभिडका कारण स्कुलिङ्गमा सबैलाई जुम प्रविधीमार्फत सहभागी गराइएको हाे।

पिभिएसटी स्कुलिङ्ग कार्यक्रममा डिष्ट्रिक्ट गर्भनर इलेक्ट लायन विश्वेश्वर आचार्यले लायन वर्ष २०२१–२२ का लागी “सर्भिस फर अ स्माइल” भन्ने थिममा रहेर डिष्ट्रिक्टले गर्ने मुख्य कार्यक्रमहरुका बारे जानकारी गराएका थिए । स्कुलिङ्गमा सहभागी क्लबका अध्यक्ष , उपाध्यक्ष , सचिव कोषाध्यक्षहरुले गर्भनरका कार्यक्रमहरुलाई पूर्ण सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

गर्भनर आर्चायका अनुसार आगामी वर्षको मुख्य कार्यक्रम लायन्स मोडल भिलेज स्थापना गर्ने रहेको छ । लायन्सले धेरै कार्यक्रम गरेको तर त्यसको प्रभावकारितामा कमी भएको समाजले महसुस गरेकोले अब गाउँ केन्द्रित गरेर कार्यक्रम गर्ने सबै कार्यक्रम तोकिएको एकै गाउँमा गर्ने र सेवाका सम्पूर्ण कार्यसँगै उधम एबं आयआर्जनका कार्यक्रमहरुलाई छनाैट गरिएकाे गाँउमा प्राथमिकताका साथ गर्ने याेजना रहेको डिष्ट्रिक्ट गर्भनर इलेक्ट विश्वेश्वर आचार्यले सफल आवाजलाई बताए ।

डिष्ट्रिक्ट गर्भनर इलेक्ट लायन विश्वेश्वर आचार्य, भर्चुअल पिभिएसटी स्कुलिङ्गमा सम्बाेधन गर्दै
भर्चुअल पिभिएसटी स्कुलिङ्ग कार्यक्रम संचालन गर्दै क्याबिनेट सेक्रेटरी लायन दुर्गाप्रसाद हुमागाई

यस पटककाे स्कुलिङ्ग कार्यक्रममा पहिलोपटक विदेशी प्रशिक्षकले भर्चुअली प्रशिक्षण दिएका थिए । प्रशिक्षकमा लायन्स अन्तराष्ट्रीयका मास्टर ट्रेनर भारतका पिडिजी लायन पंकज मेहेता , अष्ट्रेलिया, न्यूजिल्याण्ड र फिजीका लागी नेपाली राजदुत महेश दाहाल , मोटिभेसनल स्पीकर रमण भट्टराई नेपालीले भर्चुअली प्रशिक्षण दिएका थिए ।

अन्य प्रशिक्षकमा लायन्सका पिएमसिसि लायन राजन लम्साल, गर्भनर इलेक्ट विश्वेश्वर आचार्य, इलेक्ट भाइस गर्भनर लायन महेन्द्र पौडेल , मनोनित क्याबिनेट सेक्रेटरी लायन दुर्गाप्रसाद हुमागाई, पूर्व क्याबिनेट सेक्रेटरी लायन चण्डीप्रसाद अर्याल, इलेक्ट कोषाध्यक्ष लायन पृथ्वी शर्मा तिमल्सिना र बर्तमान कोषाध्यक्ष लायन उदयकुमार नेपाल रहेका थिए ।

स्कुलिङ्गमा मन्तब्य राख्दै लायन्स अन्तराष्ट्रीयका एलसिआईएफ एरिया लिडर लायन बालकृष्ण वुर्लाकोटी
स्कुलिङ्गमा प्रशिक्षण दिदैं लायन्स अन्तराष्ट्रीयका मास्टर ट्रेनर पिडिजी लायन पंकज मेहेता

स्कुलिङ्गमा अध्यक्ष ,उपाध्यक्ष, सचिव कोषाध्यक्षको काम कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण दिइएको क्याविनेट सेक्रेटरी दुर्गा प्रसाद हुमागाईले बताए । स्कुलिङ्ग कार्यक्रममा बोल्दै प्रमुख अतिथी एलसिआईएफ एरिया लिडर लायन बालकृष्ण वुर्लाकोटीले गण्डकी धौलागिरी एरियाका पिभिएसटीलाई कार्यकालको सफलताको शुभकामना दिँदै गर्भनरले ल्याएका कार्यक्रमलाई सफल बनाउन सबै एक भएर लाग्नुपर्ने बताए ।

लायन्स लिडर बुर्लाकोटीे आगामी जेठ २१ र २२ गते हुने मल्टिपल कन्भेन्सनमा डिष्ट्रीक ३२५ वि १ को तर्फबाट अन्तराष्ट्रीय डाइरेक्टरका लागी एकल उमेदवार पनी हुन ।

स्कुलिङ्गमा प्रशिक्षण दिदैं अष्ट्रेलिया, न्यूजिल्याण्ड र फिजीका लागी नेपाली राजदुत महेश दाहाल
चर्चित मोटिभेसनल स्पीकर रमण भट्टराई नेपाली, स्कुलिङ्गमा प्रशिक्षण दिदैं

डिष्ट्रीक ३२५ वि १ नेपालका वर्तमान डिष्ट्रीक्ट गर्भनर लायन मन ब. रोक्काको सभापतीत्वमा सम्पन्न स्कुलिङ्ग कार्यक्रममा , लायन्स म्यागेजिनका चिफ एडिटर पिडिजि लायन धनराज आचार्य , डिजी इलेक्ट लायन विश्वेश्वर आचार्य, वर्तमान डिष्ट्रीक्ट गर्भनर लायन मन बहादुर रोक्का, एसडिजी चिफ लायन आरबि अधिकारी, लायन्स वेलफेयर बैंक चिफ लायन मिलन थापा लगायतले लायन्सका कार्यक्रमको उपयोगिता, हालसम्म भएका सेवाका कार्य र भाबी कार्यक्रम माथी प्रकाश पारेका थिए ।

निशुल्क गरिएको उक्त भर्चुअल पिभिएसटी स्कुलिङ्ग कार्यक्रममा करिब ७०० लायनहरुले रजिष्ट्रेशन गरेको सम्योजक लायन सुचित्रा थापाले जानकारी दिइन ।

भर्चुअली स्कुलिङ्गमा सहभागी लायन्सहरू