अपि पावरले पायाे हकप्रद शेयर निष्काशनको अनुमति

-



     सफल आवाज    
     वैशाख २० गते २०७८ मा प्रकाशित



काठमाडाै २० वैशाख । अपि पावर कम्पनीले दोश्रो पटकको हकप्रद शेयर निष्काशन तथा बिक्रीको लागि अनुमति लिएको छ ।

नेपाल धितोपत्र बोर्डले अपि पावरलाई ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशनको लागि अनुमति दिएको हो ।

कम्पनीका अनुसार १ बराबर ०.२९३८ को अनुपातमा हकप्रद शेयर निष्काशनको लागि निवेदन दिईएकोमा सेबोनले त्यसलाई स्वीकृत गरेपछि सो परिमाणको हकप्रद शेयर निष्काशन तथा बिक्रीका लागि ल्याउन लागिएको हो ।

अपि पावर कम्पनीले यसअघि गएको कार्तिक १४ देखि मंसिर ४ गतेसम्म ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर जारी गरेको थियो । जो कम्पनीको चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख बराबरको हो ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।