हिमालयन जनरल इन्स्योरेन्सले लाभांश पारित गर्न बोलायो साधारण सभा

-



     सफल आवाज    
     वैशाख २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० वैशाख । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले २७ औं वार्षिक साधारण जेठको २८ गते बोलाएको छ । कम्पनीको साधारण सभाले ६.७५ प्रतिशत लाभांश पारित गर्ने भएको छ ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ६ करोडको ३ प्रतिशतले हुन आउने ३ करोड २० लाख ४० हजार रुपैयाँ बराबरको बोनस शेयर पारित हुने भएको छ । यस्तै ३.७५ प्रतिशतले हुन आउने ४ करोड ६० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने संचालक समितिको प्रस्तावलाई पारित गरिने भएको छ ।

साधारण सभाले कम्पनीको प्रबन्धपत्र, नियमावली संशोधनको प्रस्तावलाई पारित गर्ने भएको छ । कुनै कम्पनीको प्राप्ति वा मर्जरका लागि सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिईने भएको छ ।

कम्पनीका अनुसार साधारण सभाको प्रयोजनार्थ जेठ १३ गते देखि २८ सम्म बुक क्लोज हुने भएको छ । कम्पनीको साधारण सभा केन्द्रीय कार्यालय काठमाडौंमा जेठको २८ गते पूर्वान्ह ११ वजे बोलाइएको छ । बैठक अनलाईनमार्फत हुने भएको छ ।