
काठमाडाै, २१ वैशाख । खाद्य कम्पनीसँग १३ हजार मेटन चामल मौज्दात सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग १३ हजार मेट्रिक टन चामल मौज्दात छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकानुसार खाद्यसँग १३ हजार ४०४ मेट्रिक टन चामल मौज्दात छ । उक्त तथ्यांकमध्ये कम्पनीले बोलपत्र आह्वान गरेर खरीदको तयारी गरेको पाँच हजार मेट्रिक टन चामलसमेत रहेको जनाइएको छ ।
मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीका अनुसार कम्पनीसँग दुर्गमका २३ जिल्लामा दुई हजार ७३१ र काठमाडौँमा दश हजार ६७८ मेट्रिक टन चामल मौज्दात छ । कम्पनीसँग चार हजार ३८८ क्विन्टल गहुँ मौज्दात छ ।
यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग दुर्गमका जिल्लामा दुई हजार ६९७ मेट्रिक टन नून गरी एक लाख ५४ हजार ८८१ मेट्रिक टन मौज्दात छ । मन्त्रालयको तथ्यांकानुसार साल्ट ट्रेडिङसँग सात सय १४ र निजी क्षेत्रसँग पचास हजार २११ मेट्रिक टन गरी पचास हजार ९२५ मेट्रिक टन चिनी मौज्दात छ ।
मौज्दात पेट्रोलियम पदार्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकानुसार पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको नियमित एवं सहज रुपमा आपूर्ति भइरहेको छ । निगमले सञ्चालनमा ल्याएको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइबाट नियमित रुपमा डिजेल आयात भइरहेको छ । निगमसँग हाल ४८ हजार २४५ किलोलिटर पेट्रोलियम पदार्थ मौज्दात छ । यसैगरी निगमले यस महिना खाना पकाउने एलपी ग्यास आयातका लागि ४६ हजार ३३२ मेट्रिक टन वितरण गरिएको जनाएको छ ।
जोगबनी, वीरगञ्ज, बेलहिया र जमुनाहा नाकाबाट आइतबार मात्र २८१ इन्धनलगायत मालवाहक ट्रक नेपाल भित्रिएको जनाइएको छ । सरकारी कम्पनीका बिक्री काउन्टर खुला वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा लागु भएको निषेधाज्ञाका समयमा खाद्य र साल्ट ट्रेडिङ कर्पोरेशन कम्पनीले नियमित रुपमा बिक्री काउन्टर खुला राखेका छन् । खाद्य कम्पनीले चार स्थानका बिक्री काउन्टर बिहान ७ देखि साँझ ७ बजेसम्म सञ्चालन गरिएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन्।
‘निषेधाज्ञाका समयमा काठमाडौं उपत्यकावासी उपभोक्ताहरुलाई पर्न जाने असुविधालाई ध्यानमा राखी हामीले आफ्नो सामाजिक जिम्मेवारी पूरा गर्न खाद्यलगायतका सामग्रीहरु बिक्री कक्षमा राखेका छौँ’, उनले भनिन्, ‘उपभोक्ताले आफ्नो अनुकूलको समयमा नजीकका काउन्टरबाट लैजान सक्नुहुनेछ ।’ कम्पनीले बिक्री कक्ष रामशाहपथ (बग्गीखाना), थापाथली, ललितपुरको नख्खु गोदाम र भक्तपुरको सूर्यविनायकका बिक्री काउन्टर खुला गर्ने जनाएको छ जसमा थापाथली बिक्री कक्ष दिनमा तीन पटक, नख्खु बिक्री कक्ष दुई पटक तथा रामशाहपथ र सूर्यविनायकमा बिहान एक पटक खुला हुनेछ ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



