आज पनि बढ्याे सुनचाँदीको मूल्य, कारोबार कतिमा हुँदैछ ?

-


     सफल आवाज    
     वैशाख २१ गते २०७८ मा प्रकाशित


काठमाडौं, २१ वैशाख । साताको तेश्रो दिन मंगलबार आज पनि सुनचाँदीको मूल्य उकालो लागेको छ । सुनमा २०० रुपैयाँले बृद्धि भएको हो भने चाँदीमा २५ रुपैयाँले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २०० रुपैयाँले बढेर ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुनको मूल्य ८९ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

महासंघका अनुसार आज चाँदीमा २५ रुपैयाँले बृद्धि भएर प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो