नेप्से १.९४ अंकले बढ्यो, कतिकाे भयाे कारोबार ?

-


     सफल आवाज    
     वैशाख २१ गते २०७८ मा प्रकाशित


काठमाडौं, २१ वैशाख । अघिल्लो दिन दोहोरो अंकले गिरावट भएको शेयर बजारमा आज भने केहि सुधार भएको संकेत देखिएको छ । तर कारोबार रकममा भने उल्लेख्य प्रगति अझैं हुन सकेन ।

साताको तेश्रो दिन मंगलबार आज नेप्से परिसूचक १.९४ अंकले बढेको छ । यसरी बढेको नेप्से २६५४.६९ विन्दुमा पुगेको छ । नेप्से आज ०.०७ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स भने ०.३२ अंकले बढेर ४७५.४४ विन्दुमा पुगेको छ ।

आज कुल २१३ वटा कम्पनीको शेयर कारोबार भएको छ । १ करोड २८ लाख ४२ हजार ३६३ कित्ताको शेयर खरिदबिक्रीबाट ५ अर्ब ९७ करोड ९८ लाख ६८ हजार ३५६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज १३ वटा उपसमूहमध्ये ७ वटामा रातो लागेको छ । अर्थात उनीहरुको शेयर घटेको छ । बाँकी ६ वटा उपसमूहहरुमा हरियो लागेको छ । अर्थात उनीहरुको शेयर बढेको छ ।

आज रातो लागेका उपसमूहरुमा बैंकिङ, होटल तथा पर्यटन, विकास बैंक, फाइनान्स, नीर्जिवन बीमा, अन्य र जीवन बीमा रहेका छन् ।

यस्तै हरियो लागेका उपसमूहहरुमा व्यापार, हाइड्रोपावर, उत्पादन, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र लगानी उपसमूहहरू रहेका छन् ।

कारोबारको आधारमा आज सबैभन्दा धेरै नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको २२ करोड ८६ लाख ७८ हजार ७०५ रुपैयाँ बराबरको कारोबार भएको छ ।