समता लघुवित्त बन्याे पहिलो दिनमै नाफा कमाउने पहिलो कम्पनी

-



     सफल आवाज    
     वैशाख २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ वैशाख । रोकिएको १० महिनापछि समता लघुवित्त वित्तीय संस्थाको दोश्रो बजारको शेयर कारोबार आजबाट खुले लगत्तै शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी नाफा कमाउने कम्पनीमा समता लघुवित्त नै बनेको छ । जस्काे शेयरमूल्य १० प्रतिशतले बढेर ६०५ रुपैयाँ पुगेको छ ।

समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्था एकापसमा गाभिएपछि नेपाल स्टक एक्सचेन्जले गएको असार १ गतेदेखि समता लघुवित्त वित्तीय संस्थाबाट हुने शेयर कारोबारलाई रोक्का गरेको थियो ।

सोमबार एकापसमा गाभिएर कायम भएको १०० रुपैयाँ अंकित दरले २८ लाख ५६ हजार २०१.६० कित्ता नेप्सेमा सूचीकृत भएको थियो ।

शेयर सूचीकृत भएको भोलिपल्ट मंगलबारबाट समता घरेलु लघुवित्तको नाममा एसएमएटीए संकेतमा संस्थाको ५५० शेयरमूल्यबाट कारोबार आरम्भ भएकोमा सबैभन्दा बढी १० प्रतिशतले शेयरमूल्य बढेको छ । दुबै संस्थाको एकिकृत कारोबार वैशाख २ गतेबाट शुरु भएको थियो ।