
काठमाडौं, २२ वैशाख । नेपाल बैंक लिमिटेडले बैशाख २२ गते आजदेखि वार्षिक ८ प्रतिशत ब्याजदरमा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र बिक्री खुलाएको छ । बैंकले ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हाे । जस्को समयावधि १० वर्षका लागि रहेको छ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र खुलाएकाेमा त्यसमा सर्वसाधारणको लागि १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता रहेको छ । २१ लाख कित्ता अन्य संघ संस्थालाई बिक्री गरिने भएको छ ।
बैंकका अनुसार सर्वसाधारणका लागि जारि गरिने ऋणपत्रमध्ये ७० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याईएको छ । त्यसमध्ये १५ हजार कित्ता बाँढफाँड भईसकेको छ ।
ऋणपत्र खरिदको समयावधि वैशाख २६ गतेसम्म रहेको छ । माग गरे बमोजिम आवेदन नपरेको खण्डमा जेष्ठको ५ गतेसम्म आवेदन दिन सकिने भएको छ । लगानी गर्न चाहने लगानीकर्ताले घटीमा २५ र बढीमा ३ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने भएका छन् ।
ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ रहेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



