हाइड्राेपावरमा देखियाे चमक, ४५.२७ अंकले बढ्याे सूचक

-


     सफल आवाज    
     वैशाख २२ गते २०७८ मा प्रकाशित


काठमाडौं, २२ वैशाख । शेयर बजार आज फेरी ओरालो लागेको छ । नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । सूचकहरुमा आंशिक सुधार देखिएको भएपनि कारोबार उत्साहजनक नहुँदा लगानीकर्ताको मनोवल कहिले उठ्ने हो अझैं पखाईको विषय भएको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले मुलुकमा लागू गरेको लकडाउनको कारण यसको प्रत्यक्ष असर शेयर बजारमा देखिएको हो ।

यहिबीचमा आज लगानीकर्ताहरु जम्प गरेर हाइड्रोपावरतिर लागेका छन् । यसले गर्दा हाइड्रोपावर समूहमा चमक देखिएको छ । यस समूहका कतिपय कम्पनीहरुको मूल्य बढ्दा सर्किट ब्रेकर लागेको छ । यो समूहको सूचक ४५.२७ अंकले बढेको छ ।

आज नेप्से ५.०९ अंकले घटेर २६४९.६० विन्दुमा पुगेको छ । नेप्सेमा ०.१९ प्रतिशतले गिरावट आएको हो । यस्तै सेन्सेटिभ इण्डेक्स १.६३ अंकले घटेर ४७३.८१ विन्दुमा गएर अडिएकाे छ ।

आज २१८ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ४८ लाख ६७ हजार ९९५ कित्ता शेयर कारोबार हुँदा ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३१३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज अधिकांश उपसमूहरु राताम्मै भएका छन् अर्थात उनीहरु सबैको शेयर घटेको छ । बैंकिङ, होटल तथा पर्यटन, विकास बैंक, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहरुको शेयर घटेको छ ।

आज व्यापार, हाइड्रोपावर, फाइनान्स र नीर्जिवन बीमासहित ४ वटा उपसमूहरुमा हरियो लागेको छ । चारवटै समूहको शेयर बढेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोटर शेयरको कारोबार भएको छ । कम्पनीको २३ करोड ६९ लाख ६८ हजार ७७६ रुपैयाँ बराबरको कारोबार भएको हो ।