प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

-


     सफल आवाज    
     वैशाख २३ गते २०७८ मा प्रकाशित


काठमाडौं, २३ वैशाख । प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्नका लागि शेयरधनीहरुलाई आज अन्तिम मौका रहेको छ । जेठ ६ गते कम्पनीको काठमाडौं तीनकुनेस्थित प्रभु कम्प्लेक्समा २५ औं साधारण सभा डाकिएको छ ।

साधारण सभाको प्रयोजनार्थ कम्पनीले वैशाख २६ गतेदेखि बुक क्लोज गर्ने बताएको छ । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर कारोबार गरी कायम भएका शेयरधनीहरु मात्रै साधारण सभामा भाग लिन पाउनुका साथै लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।

साधारण सभामा कम्पनीको गत आर्थिक वर्ष आर्जन भएको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस तथा ०.५३ प्रतिशत नगद लाभांशसहित १०.५३ प्रतिशत लाभांश वितरणको प्रस्तावलाई पारित गरिने भएको छ ।

कम्पनीको २५ औं साधारण सभा जेठको ६ गते काठमाडौं तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बोलाईएको छ ।