फेरी बढ्यो सुनको मूल्य, चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार?

-



     सफल आवाज    
     वैशाख २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ वैशाख । साताको पाँचौ दिन बिहिबार आज छापावाला सुनको मूल्यमा ३०० रुपैयाँ बृद्धि भएको छ । चाँदीको भने आज सामान्य रुपले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छ । बुधवार छापावाला सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा ५ रुपैयाँले गिरावट आएको छ । आज चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको छ । बुधवार चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।