जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य नेप्सेमा समायोजन

-


     सफल आवाज    
     वैशाख २३ गते २०७८ मा प्रकाशित


काठमाडौं, २३ वैशाख । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शेयरमूल्य समायोजन भएको छ ।

संस्थाले ४९.४० प्रतिशत बोनस वितरण गर्ने भएकोले आज बुक क्लोज गरेपछि नेप्सेले शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य कायम गरेको हो ।

नेप्सेका अनुसार जनउत्थान लघुवित्तको शेयरमूल्य समायोजनपछि प्रतिकित्ता ३ हजार ६११ रुपैयाँ कायम भएको छ । यही मूल्यमा संस्थाको शेयर कारोबार खुलेको छ । यसअघि बुधबार संस्थाको शेयर ५ हजार ३९५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।