नेप्सेमा दोहोरो अंकको गिरावट, १० उपसमूह भए राताम्मै

-


     सफल आवाज    
     वैशाख २३ गते २०७८ मा प्रकाशित


काठमाडौं, २३ वैशाख । साताको पाँचौ दिन बिहिबार आज शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज तीन उपसमूह बैकिङ, फाइनान्स र लगानी उपसमूह बाहेक बाँकी सबै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ ।

आज नेप्से १२.४७ अंकले घटेर २६३७.१३ विन्दुमा पुगेको छ । आज नेप्से ०.४७ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ०.७७ अंकले घटेर ४७३.०४ विन्दुमा पुगेको छ ।

आज कुल २१६ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ५९ लाख ८० हजार ८१५ कित्ता शेयरको खरिदबिक्रीबाट ६ अर्ब ८१ करोड ९१ लाख ४५३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका १३ उपसमूहहरुमध्ये जम्मा तीन वटामा हरियाली छाएको छ भने बाँकी १० उपसमूहमा रातो लागेको छ । आज बैंकिङ, फाइनान्स र लगानी उपसमूहको शेयर बढेको हो ।

अन्य १० उपसमूहहरु व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचुअल फण्डको शेयर घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी हाइड्रोइलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिभिटेडको ४६ करोड ७४ लाख ३४ हजार ९२९ रुपैयाँ बराबरको कारोबार भएको छ ।