गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन

-


     सफल आवाज    
     वैशाख २३ गते २०७८ मा प्रकाशित


काठमाडौं, २३ वैशाख । गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ। काठमाडौंको न्युरो अस्पतालमा उपचारको क्रममा बिहीबार दिउँसो उनको निधन भएको हो ।

काठमाडौं न्यूरो अस्पतालमा उनलाई डाक्टर रवि शाही र डाक्टर रामगोपाल नेम्कुलले उपचार गरेको अस्पताल स्रोतले जानकारी दिएको छ । ८५ वर्षीय प्रधान वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए ।

उनको ‘घुम्तीमा नआऊ है आँखा तिमी जुधाउँन’ लगायत दर्जनौं गीत चर्चित छन । २००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएर ‘क’ श्रेणीमा पास भएपछि उनको औपचारिक संगीत यात्रा सुरु भएको हो ।

सिन्धुपाल्चोकको चौतारामा जन्मिएका गायक प्रधान ‘गोल्डेन भ्वाइस अफ नेपाल’ भनेर चिनिन्छन् । उनले नेपाली चलचित्र माइतीघर, जीवनरेखा, मायालु, बदलिँदो आकाश, जीवन संघर्ष लगायत सिनेमामा समेत गीत गाएका छन् ।