रेम्डिसिभिरमा कालोबजारीः मापदण्ड उल्लंघन गर्नेलाई कारवाही

-



     सफल आवाज    
     वैशाख २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ वैशाख । रेम्डिसिभिर औषधि कालोबजारी गरेका अभियोगमा काठमाडौं टोखा बस्ने गोरखा आरुघाट गाउँपालिका–४ का २५ वर्षीय रफिक मियालाई प्रहरीले पक्राउ गरेको छ ।

कोभिड–१९ बाट सङ्क्रमित विरामीका लागि आवश्यक पर्ने रेम्डिसिभिर इन्जेक्सन कालोबजारी भएको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

करीब रु ३० हजार पर्ने छ थान रेम्डिसिभिर रु एक लाख २० हजारमा किनबेच गर्न लागेकाे अवस्थामा उनलाई काठमाडौंको वसुन्धराबाट पक्राउ गरिएको जनाइएको छ । मियाले काठमाडौं महाराजगञ्जस्थित नीलकण्ठ लम्सालका नाममा दर्ता रहेको सेवक फर्माका दीपक ढकालसँगको मिलेमतोमा रेम्डिसिभिर ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

अहिले प्रहरीले उक्त फर्मा बन्द गरी फरार ढकालको खोजी गरिएको रहेको महाशाखाले जनाएको छ ।