
काठमाडौं, २४ वैशाख । एनएमबि बैंकले २ अर्ब बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने बताएको छ । बैंकले ८.५ प्रतिशत ब्याजदरमा ‘एनएमबि ऋणपत्र ८.५%–२०८७, ८८’ नामको १० वर्षे अवधिको लागि २० लाख इकाई ऋणपत्र बिक्री खुल्ला गर्ने भएको हो ।
जेठको २ गतेबाट १० वर्षे अवधिको लागि बिक्रीमा ल्याउन लागेको ऋणपत्रको प्रतिकित्ता रुपैयाँ १ हजारकाे दरले २० लाख कित्तामा १२ लाख कित्ता व्यक्तिगत रुपले बिक्री गरिने भएको छ । बाँकी रहेको ८ लाख कित्ता सर्वसाधारणका लागि रहेको छ । जस्मा ४० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याईएको छ । बाँकी रहेको ७ लाख ६० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन पेश गर्न पाउने भएका छन् ।
आवेदन दिन चाहने लगानीकर्ताले कम्तिमा २५ तथा बढीमा ८ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदनका लागि जेठ ५ गतेसम्मको मिति तोकिएको छ । उक्त समयावधिभित्र आवश्यक आवेदन नपरेको खण्डमा ढीलोमा जेठको १६ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



