
काठमाडौं, २६ वैशाख । जनरल इन्स्योरेन्स कम्पनीले आजका लागि बोलाएको तेश्रो साधारण सभा स्थगित भएको छ । संस्थाका अनुसार कोरोना भाइरसको बढ्दो संक्रमण र सरकारले लागू गरेको निषेधाज्ञाको कारण साधारण सभा स्थगन गर्नुपरेको हो ।
महामारीको रुपमा कोरोना भाइरसको संक्रमण फैलिरहेको अवश्थामा काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । सरकारले यो विषम अवश्थामा सभा, सम्मेलन, गोष्ठि, तालिम, सेमिनार, ठूला मजघट, भोजभतेर, खेलकुद, पार्टी प्यालेसलगायत संचालनमा रोक लगाएको छ भने १५ जनाभन्दा बढी जम्मा हुन निषेध गरेको छ ।
कम्पनीले साधारण सभा वैशाख २६ गते आजकै दिन अनलाइनमार्फत हुने यसअघि मिति तोकेको थियो । सभामा सर्वसाधारण शेयरधनीहरुबाट २ संचालकको चयन गर्ने, गत आर्थिक वर्षको प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका प्रस्ताव रहेका थिए । निर्वाचन समितिले उम्मेदवारी दर्ता भएसम्मको निर्वाचन प्रक्रियालाई जस्ताको तस्तै राखेर निर्वाचन सम्बन्धि मतदान कार्यक्रम स्थगित गरिएको जनाएको छ ।
कम्पनीले अर्को सूचना प्रकाशित नभएसम्मको लागि साभारण सभा स्थगन गरिएको जनाएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



