आइतबार बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

-



     सफल आवाज    
     वैशाख २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ वैशाख । साताको पहिलो दिन आईतबार आज छापावाला सुनको मूल्यमा बृद्धि भएको छ । चाँदीको मूल्यमा भने आज गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १०० रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाला सुन एकैदिनमा रुपैयाँ ११०० ले बढेर प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य रुपैयाँ १०० ले बढेर प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा भने ५ रुपैयाँले गिरावट भएको छ । आज चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।