कोरोना र अस्थिर राजनीतिले शेयर बजार प्रभावित, १३ वटै उपसमूह राताम्मै

-



     सफल आवाज    
     वैशाख २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ वैशाख । साताको पहिलो दिन आईतबार आज शेयर बजार ओरालो लागेको छ । कोरोना भाइरसको संक्रमणको महामारी बढीरहेको बेलामा केहि हप्तादेखि शेयर बजारमा सकारात्मक सन्तुलन हुन सकेको छैन ।

अर्को कुरा राजनीतिक घटनाक्रमले पनि शेयर बजारलाई नकारात्मक प्रभाव पारेको छ । वैशाख २७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाए केहिदिन अँझैं अस्थिर रहने पक्का छ भने सरकार परिवर्तन भयो र एउटा आकार लियो भने पुनः शेयर बजार उकालोको यात्रामा लाग्ने आँकलन गरिएको छ ।

यसरी लगानीकर्ताहरु पर्ख र हेरको अवश्थामा रहिरहेको बेलामा आज पनि नेप्सेमा भएको दोहोरो अंकको गिरावटले लगानीकर्ताहरुलाई खुसि बनाएन ।

नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । १३ वटै उपसुमूहरु राताम्मै भएका छन् । यसरी शेयर बजारमा आएको गिरावटले शेयर लगानीकर्ताहरुको मनोवललाई गिराएको छ । सबै सूचकहरु ऋणात्मक देखिदा लगानीकर्ताहरु अल्मल्लिएका छन् ।

आज नेप्से १८.५६ अंकले घटेको छ । यसरी घटेको नेप्से २६१८.५६ विन्दुमा पुगेको छ । आज नेप्से ०.७० प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स २.३१ अंकले घटेर ४७०.७३ विन्दुमा गएर रोकिएको छ । आज कारोबारमा पनि उल्लेख्य प्रगति भएको देखिएन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१९ वटा कम्पनीकाे शेयर कारोबार भएको छ । १ करोड २७ लाख २८ हजार १२५ कित्ता शेयरको कारोबार भएको छ । कुल ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७७२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज १३ वटै उपसमूहहरु राताम्मै भए । अर्थात उनीहरु सबैको शेयर घटेको छ । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूह सबैको शेयर घटेको हाे ।

आज सबैभन्दा बढी नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकले २८ करोड ८६ लाख ५२ हजार ३२१ रुपैयाँ बराबरको कारोबार गरेको छ ।