
काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधव कुमार नेपाल समूहका सांसदहरुको सामूहिक राजिनामा रोक्न आजलाई सफल भएका छन् । नेपाल पक्षका सांसदहरु संसद सचिवालयमा देखिन थालेपछि ओलीले उनीहरुसंग कुराकानी गर्न नेता विष्णु पौडेल र सुवास नेम्वाङलाई पठाएका थिए ।
ओली तथा नेपाल खनाल पक्षका नेताहरुबीच आ-आफ्ना पक्षिय कुराहरु भएपनि निष्कर्षमा भने पुग्न सकेन । राजिनामाको विषयमा आफुहरुले बिचार गर्ने भन्ने कुरा नेपाल खनाल पक्षको रहेको छ । तर उनीहरु ओलीले चालेको कदम सच्चिनु पर्ने अडानमा भने रहेका छन् ।
दुबै पक्षबीच कुराकानी भएपछि बाहिरीन लाग्दा एमाले नेता पौडेलले संचारकर्मिसंग भने, उहाँहरुले राजिनामा गर्ने भन्नुभयो तर उहाँहरु बिनासको बाटोमा जानुहोला भन्ने लागेको छैन । यस्तै नेम्वाङले उहाँहरुको राजिनामाको बारेमा चर्चा मात्रै भएको बताए । उनले भने, मैले त सबै कुरा सकारात्मक देखेको छु ।
प्रधानमन्त्रीले सांसदहरुको राजिनामाका विषयमा दुबै नेतालाई बुझ्न पठाएपछि भएको कुराकानी पछि पुनः नेपाल पक्षका नेताहरुले छलफल गरेका छन् । अब रणनीति कस्तो हुने भन्ने विषयमा छलफल गरेको बुझिएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



