समाज लघुवित्त र स्वस्तिक लघुवित्तले बोलाए विशेष साधारण सभा, मर्जरको प्रस्ताव पारित गर्ने

-



     सफल आवाज    
     वैशाख २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ वैशाख । समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त वित्तीय संस्थाले जेठ ११ गते मर्जरका लागि विशेष अधिवेशन बोलाएका छन् । तर दुबै संस्थाको विशेष साधारण सभा छुट्टाछुट्टै स्थानमा हुन लागेको छ ।

समाज लघुवित्तले मलंगवास्थित जानकी फेमली होटलमा दिउँसो २ वजे विशेष साधारण सभा बोलाएको छ भने स्वस्तिक लघुवित्तले सोहि समयमा लहानस्थित होटल नेमानमा साधारणा सभा बोलाएको छ ।

साधारण सभामा दुबै संस्थाले एकापसमा मर्जरसम्बन्धी छलफलको एजेण्डा पेश गर्नेछन् । दुबैबीच एक एकको स्वाप रेसियोमा मर्जर हुन लागेको छ । साधारण सभाबाट मर्जरको एजेण्डा पारित गरेपछि संस्थाको नाम स्वस्तिक समाज लघुवित्त वित्तीय संस्था रहने भएको छ ।

दुबै लघुवित्तबीच गएको असोज ५ मा एकापसमा मर्ज हुने बारेमा सम्झौता भएको थियो । मर्जरपछि स्वस्तिक समाज लघुवित्तको केन्द्रीय कार्यालय सिरहाको लहानमा रहने भएको छ ।