एसईई र कक्षा १२ को परीक्षा राेकियाे

-



     सफल आवाज    
     वैशाख २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई र कक्षा १२ को परीक्षा हालका लागी स्थगित गरेको छ ।

आज सोमबार बसेको बोर्डको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण परिस्थिति जटिल बन्दै गइरहेकाले परीक्षा गराउन सम्भव नदेखिएपछि अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गर्ने निर्णय गरिएको बताइएकाे छ ।

बोर्डले एसईईको जेठ १३ गते र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो ।