सोमबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     वैशाख २७ गते २०७८ मा प्रकाशित



काठमाडौ, २७ वैशाख । साताको दोश्रो दिन सोमबार आज सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । आज छापावाला सुनमा २०० रुपैयाँले बृद्धि भएको छ भने चाँदीमा १५ रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । आईतबार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । आईतबार तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा १५ रुपैयाँले बृद्धि भएको छ । आज चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतिताेला १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।