संसद बैठकमा सांसदहरु सहभागी हुँदै

-



     सफल आवाज    
     वैशाख २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि सोमबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा सांसदहरु सहभागी हुने क्रम जारी छ ।

कोरोना भाइरस महामारीबीच हुन लागेको संसद बैठकमा उपस्थित हुने सांसदहरुलाई पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको एकिन गरेर मात्रै बैठक कक्षमा प्रवेश दिइएको छ ।

पीपीई लगाएर मुख्य ढोकामा खटिएका कर्मचारीहरुले सांसद तथा कर्मचारीहरुको पीसीआर रिपोर्ट चेक गर्दै प्रवेश अनुमति दिएका छन् । यसअघि नै संघीय संसद सचिवालयले सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सांसद, कर्मचारी, संसदीय मामिला पत्रकारलगायतको पीसीआर परीक्षण गराएको थियो । रिपोर्ट पोजेटिभ आएकाहरुलाई संसद भवन परिसरमा टेन्टमा राखिएको छ र उनीहरुलाई मतदान सुरु भएपछि प्रक्रियामा सहभागी गराइने संसद सचिवालयले जनाएको छ।

संसदको बैठक दिउँसो १ बजेलाई तयारी गरिएको हो ।