
काठमाडौं, २८ वैशाख । नेपाल स्टक एक्सचेन्जमा तीन वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बोनस शेयर नेप्सेमा सूचीकृत भएका कम्पनीहरुमा प्राइम कमर्सियल बैंक, सहारा विकास बैंक तथा गणपती माइक्रोफाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेका अनुसार प्राइम कमर्सियल बैंकको २ करोड ९ लाख ७७ हजार ८७४.२५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । बैंकले गएको वर्ष शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गरेकोमा सोहि बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
गणपती माइक्रोफाइनान्सको १ लाख ६६ हजार ११७.५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गएको वर्ष आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गरेकोमा सोहि शेयर सूचीकृत भएको हो ।
यस्तै सहारा विकास बैंकको १ लाख ६७ हजार ८८८.०४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । गएको वर्षको मुनाफाबाट बैंकले २३ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



