सनराइज बैंकले संस्थापक शेयर बिक्री गर्दै

-



     सफल आवाज    
     वैशाख २८ गते २०७८ मा प्रकाशित



काठमाडाैं, २८ वैशाख । सनराइज बैंकले ४८ हजार ८६३ कित्ता संस्थापक शेयर बिक्री गर्ने जानकारी दिएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त परिमाणको शेयर बिक्री गर्ने भएको हो ।

संस्थापक शेयरधनीहरुले संस्थापक शेयर बिक्री गर्न रुची देखाएकोले बिक्री गर्न लागेको बैंकले प्रकाशन गरेको सूचनामा जनाईएको छ । प्रतिकित्ता शेयर मूल्य न्यूनतम १३० रुपैयाँ रहेको छ ।

संस्थापक शेयरधनीहरुको शेयरका लागि संस्थापकहरुलाई प्राथमिकता दिईएको बैंकले जनाएको छ । इच्छुक शेयरधनीले बैंकले सूचना प्रकाशन गरेको ३५ दिनभित्र आवेदन दिन सक्ने जनाईएको छ ।

यसका लागि शेयरधनीहरुले बैंकको गैह्रीधारास्थित केन्द्रीय कार्यालय, शेयर रजिष्ट्री विभागमा निवेदन पेश गर्नुपर्ने छ ।

तोकिएको मितिमा कुनै संस्थापक शेयरधनीबाट निवदेन पेश नभएमा प्रचलित व्यवस्था अनुसार गैर संस्थापकहरुलाई पनि उक्त शेयर बिक्री गर्न सकिने बैंकले जनाएको छ ।