काठमाडौं उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा लम्बियाे

-



     सफल आवाज    
     वैशाख २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ वैशाख । काठमाडौं उपत्यकामा आगामी जेठ १३ सम्म निषेधाज्ञा हुने भएको छ ।
उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १५ दिन थप्ने निर्णय गरेको हो । साथै राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना बाहेकका सबै निर्माणका कार्य पनि रोक्ने निर्णय भएको छ ।

गत वैशाख १६ देखि जारी निषेधाज्ञा वैशाख २९ मा सकिँदै छ । प्रमुख जिल्ला अधिकारीहरूको बैठकले हाेटल, पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम गर्न पनि रोकेकाे छ । यस्ता कार्यक्रम घरमा गर्दा समेत १० जना भन्दा बढी सहभागी हुन नपाइने निर्णय गरेको बताइएकाे छ ।