अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द, अत्यावश्यक चार्टर र कार्गो उडान गर्न पाइने

-



     सफल आवाज    
     वैशाख २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ बैशाख । सरकारले अन्तर्राष्ट्रिय नियमित उडान जेठ १७ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। आज मंगलबार पर्यटन मन्त्रालयमा भएको छलफलले जेठ १७ गतेसम्म बन्द गर्ने निर्णय गरेको हाे ।

अहिलेकाे परिस्थितिमा तत्कालै आन्तरिक र अन्तर्राष्ट्रिय नियमित उडान खुला गर्ने अवस्था नरहेकाे ले मंगलबार मन्त्रालयमा बसेको बैठकले आउँदो जेठ १७ गतेसम्मका लागि आन्तरिक र अन्तर्राष्ट्रिय तर्फको उडान रोक्ने निर्णय गरेकाे मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए।

यो अवधिमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीले अनुमती लिएर अत्यावश्यक चार्टर र कार्गो उडान भने गर्न पाउने बताइएकाे छ।