निषेधाज्ञामा पनि बैंकहरूकाे कर्जा लगानी १६ अर्ब र निक्षेप १० अर्बले बढ्याे

-



     सफल आवाज    
     वैशाख २८ गते २०७८ मा प्रकाशित



काठमाडाैं, २८ बैशाख । सरकारले घाेषणा गरेकाे निषेधाज्ञाकाे समयमा समेत बैंकहरूबाट कर्जा लिनेकाे संख्या उल्लेख्य बढेकाे पाइएकाे छ। नेपाल राष्ट्र बैंकका अनुसार, २०७८ वैशाख १७ देखि २४ गते भित्र मात्रै करिब १६ अर्बले कर्जा लगानी बृद्दी भएको छ। याे मध्ये ४ अर्ब विदेशी मुद्रामा गएको ऋण रहेकाे बताइएकाे छ।

त्यस्तै निक्षेप पनि १० अर्बले बढेको छ। यसमध्ये ५ अर्ब रुपैयाँ विदेशी मुद्राको निक्षेप रहेकाे जनाइएकाे छ। अहिले कुल २७ बाणिज्य बैंकसँग कर्जा ३६ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ। निक्षेप ३९ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएकाे छ ।

निषेधाज्ञाकाे याे समयमा रेमिटेन्समा समेत खासै कमी नआएको बैंकरहरू बताउछन। बढी कर्जा भने आयातका लागि गएको देखिन्छ। बिशेषगरी पहिले नै प्रक्रिया शुरू गरेका सामाग्रीका लागि कर्जा लगानी भएको राष्ट्र बैंककाे दाबी छ ।