फेरी घट्यो सुनको मूल्य, चाँदीको भने स्थिर

-



     सफल आवाज    
     वैशाख २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ वैशाख । साताको चौथो दिन बुधबार आज सुनको मूल्य ओरालो लागेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । सुनमा आज ३०० रुपैयाँले गिरावट भएको हाे । चाँदी स्थिर रहि मंगलबारकै मूल्यमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन आज प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहि मंगलबार झैं १ हजार ३४५ रुपैयाँमा कारोबार भएको छ ।