०.५६ अंकले बढ्यो नेप्से, विकास बैंक, उत्पादन र हाइड्रोपावरमा देखियो चमक

-



     सफल आवाज    
     वैशाख २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ वैशाख । साताको चौथो दिन बुधबार आज शेयर बजारमा दोहोरो अंकको बृद्धि देखिएको । आज विकास बैंक, उत्पादन, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा लगायतका उपसमूहमा चमक देखिएको छ ।

मंगलबार पनि शेयर बजारमा दोहोरो अंककाे बृद्धि भएको थियो । नेप्से २७.४७ अंकले बढेर २६७३.३१ विन्दुमा पुगेको थियो । सेन्सेटिभ इन्डेक्स ३.१२ अंकले बढेर ४७८.२४ विन्दुमा पुगेको थियो । सबै उपसमूहरुमा हरियाली छाएको थियो । तर आज ६ उपसमूहहरुमा हरियाली छाएको छ भने बाँकी ७ उपसमूहरु राताम्मै भएका छन् ।

आज नेप्से ०.५६ अंकले बढेर २६७३.८८ विन्दुमा पुगेको छ। नेप्से आज ०.०२ प्रतिशतले बढ्दा सेन्सेटिभ इन्डेक्स ०.१४ अंकले बढेर ४७८.३८ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१५ कम्पनीको शेयर कारोबार भएको छ । आज १ करोड ४८ लाख ५४ हजार ४२२ कित्ता शेयरको खरिदबिक्रीबाट ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार ८०१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज आधादर्जन उपसमूहरु राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, अन्य, माइक्रोफाइनान्स र जीवन बीमा उपमसूहको शेयर घटेको छ ।

यस्तै आज ७ उपसमूहमा हरियाली छाएको छ । उनीहरू सबैको शेयर बढेको छ । विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, म्युचुअल फण्ड र लगानी उपसमूहको शेयर बढेको छ ।

आज तेश्रो पटक पनि कारोबारको आधारमा सबैभन्दा बढी नेपाल रि इन्स्योरेन्स कम्पनीको कारोबार सबैभन्दा बढी भएको छ । कम्पनीको ३५ करोड १६ लाख २५ हजार १२९ रुपैयाँ बराबरको कारोबार भएको छ ।