जनमोर्चाको संसदीय दलको नेताबाट थापालाई हटाइयो

-



     सफल आवाज    
     वैशाख २९ गते २०७८ मा प्रकाशित



पोखरा, २९ वैशाख । राष्ट्रिय जनमोर्चा नेपालले संसदीय दलको नेताबाट कृष्ण थापालाई हराटएको छ । दलको निर्देशन विपरीत कार्य गरेको भन्दै उनलाई दलको नेताबाट हटाइएको पार्टीका महासचिव मनोज भट्टले बताए । उनलाई सांसद पदबाटै हटाउनेबारे पनि तयारी भइरहेको छ ।

उनलाई संसदीय दलको नेताबाट हटाइएकोबारेको पत्र सचेतक पियारी थापामार्फत् प्रदेशसभा सचिवालयमा दिउँसो २ बजेर ५ मिनेटमा दर्ता भएको छ ।

नेता थापाले काँग्रेसको गठबन्धनमा बन्ने सरकारमा आफूले कुनै पनि हालतमा हस्तान्तरण नगर्ने अडान राखेका छन् । उनी हस्ताक्षर नगरी बुधबार नै आफ्नो गृह जिल्ला बागलुङ पुगेका छन् ।
यता, थापाले आफूलाई पार्टीले स्पष्टीकरण नसोधेको दाबी गरे । उनले आफू बिहानै बागलुङ हिडिसकेको र कुनै पनि नेताले फोन नगरेको बताए ।