घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     वैशाख ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० वैशाख । साताको पाँचौ दिन बिहिबार आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । छापावाला सुनको मूल्यमा आज ४०० रुपैयाँ तथा चाँदीमा १० रुपैयाँले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनमा ४०० रुपैयाँले गिरावट भई प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छ । बुधकार तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि गिरावट भएको छ । रुपैयाँ १० ले गिरावट भएको चाँदी आज प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।