शेयर बजारमा दोहोरो अंकको बृद्धि, कारोबार ७ अर्ब माथि

-



     सफल आवाज    
     वैशाख ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० वैशाख । साताको पाँचौ दिन बिहिबार आज शेयर बजारमा दोहोरो अंककाे बृद्धि भएको छ । आज ९ वटा उपसमूहहरुमा हरियाली छाएको छ भने अन्य ४ वटामा रातो लागेको छ । केहि दिन देखि ७ अर्ब सम्मको कारोबारलाई छुन नसकेकोमा आज भने कारोबार ७ अर्ब माथि पुग्दा शेयर लगानीकर्ताहरुमा उत्साह जगाईदिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज नेप्से १०.१३ अंकले बढेर २६८४.०१ विन्दुमा पुगेको छ । नेप्से ०.३८ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स भने १.१२ अंकले बृद्धि भएर ४७९.५० विन्दुमा पुगेको छ

आज कुल २१८ वटा कम्पनीको शेयर कारोबार भएको छ । आज अन्य दिनहरूकोभन्दा बढी शेयर कारोबार भएको छ । आज २ करोड १९ लाख ५५ हजार ९४३ कित्ता शेयर खरिदबिक्री भएको छ । यसबाट ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार २८० रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ४ वटा उपसमूहरुमा रातो लागेको छ । उनीहरुको शेयर घटेको छ । व्यापार, होटल तथा पर्यटन, उत्पादन र लगानी उपसमूहको शेयर घटेको हो ।

यस्तै आज ९ वटा उपसमूहहरुमा हरियाली छाएको छ । उनीहरु सबैको शेयर बढेको छ । ति उपसमूहरुमा बैंकिङ, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचुअल फण्ड रहेका छन् ।

लगातार चौथो दिन आज पनि नेपाल पुनर्बीमा कम्पनीको कारोबार सबैभन्दा बढी भएको छ । कम्पनीको आज ४९ करोड ४५ लाख ९ हजार ७२० रुपैयाँ बराबरको कारोबार भएको छ ।