
काठमाडौं, ३० वैशाख । नेपाल राष्ट्र बैंकले कोभिड १९ को संक्रमणको जोखिमबाट जोगाउन चाहिने जीवनरक्षक आवश्यक स्वास्थ्य उपकरणका सामग्रीको आयात गर्नका लागि ड्राफ्ट/टीटी को सीमालाई बढाएको छ ।
आज एक सूचना जारी गरी राष्ट्र बैंकले कोभिड १९ को संक्रमणको उपचारका लागि चाहिने स्वास्थ्य सामग्रीको हकमा ड्राफ्ट/टीटी को सीमा बढाईएको जनाएको हो ।
राष्ट्र बैंकका अनुसार यसअघिको व्यवस्थामा ड्राफ्ट/टीटी ३५ हजार डलर सम्मको जारी गर्न सकिन्थ्यो । तर अहिले सर्तकताकासाथ १ लाख डलरसम्म जारी गर्न सकिने भएको छ । व्यावसायीक क्षेत्रबाट असन्तुष्टि आएपछि राष्ट्र बैंकले आजबाट १ लाख पुर्याएको हाे । राष्ट्र बैंकले यसभन्दा माथिको सटही सुविधा आवश्यक परेमा स्वास्थ्य सेवा विभागको सिफारिससहित स्वीकृतिका लागि बैंक समक्ष निवेदन पेश गर्नुपर्ने जनाएकाे छ ।
राष्ट्र बैंकले अक्सिजन सिलिण्डर, अक्सिजन कनेक्टर, अक्सिजन ट्याङ्स, अक्सिजन जेनेरेटर्स, अक्सिजन उत्पादन प्लान्ट, डेलिभरी उपकरण, भेन्टिलेटर लगायतका उपकरण आयात गर्नु परेको खण्डमा आगामी असारसम्मका लागि ड्राफ्ट/टीटी को सीमालाई अनिवार्य नगरिएको जनाएको छ ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



