हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता

- देशकै ठूलाे बैंक बन्दै

-



     सफल आवाज    
     वैशाख ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० वैशाख। दुई ठूला बैंकहरु हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आज मर्जर सम्झौता भएको छ । बिहीबार यी दुई बैंकहरुबीच मर्जरको प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

मर्जरपछि बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक रहने साथै स्वाप रेसियो १ बराबर एक हुने प्रारम्भिक सहमति जुटेको छ । मर्जर पछि बन्ने बैंकको सीईओमा अशोक समसेर जबरा र डेपुटी सीईओमा ज्योति पाण्डे हुने भएका छन् ।